१७ वर्षीय बालकले पोखराबाट बस चोरी गरेर चितवन पुर्याएपछि...
पाेखरा | मंसिर २४, २०८०
पोखरा: पोखरा पृथ्वीचोकमा पार्किङ गरिराखेको बस चोरी गरेको आरोपमा प्रहरीले चितवनबाट एक बालकलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार राति पृथ्वीचोकमा पार्किङ गरी राखेको बस हराएको सूचनापछि खोजी कार्य अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले चितवन प्रहरीको सहयोगमा बससहित चोरी गर्ने एक बालकलाई नियन्त्रणमा लिएको हो ।
पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस हराएको सूचनापछि खोजी गर्दा चितवनको भरतपुर महानगरपालिका ११ आँपटारीमा चेकजाँच गर्ने क्रममा बस चलाउँदै गरेको अवस्थामा तनहुँको म्याग्दे गाउँपालिका ३ घर भएका १७ बर्षीय बालकलाई प्रहरीले प्रकाउ गरेको छ ।
प्रहरीले बालकलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा अनुसन्धान अगाडी बढाएको जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

